वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ- ओली – Kanika Khabar
Friday, November 20Nepali News Portal

वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ- ओली

    मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुनुपर्ने बताएका छन् ।

एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले संविधानले पाँच वर्षमा निर्वाचन गर्ने व्यवस्था गरेकाले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘संविधानबमोजिम पाँच वर्षमा चुनाव भन्या छ, पाँच वर्षमै हुनुपर्छ। स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा हुनुपर्दछ र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्दछ ।’

ओलीले स्थानीय तहलाई विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारसहित स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताए । जनप्रतिनिधिलाई जनतासँग विनम्र र मित्रवत् व्यवहार गर्दै सेवा प्रवाह गर्न तथा आगामी निर्वाचनका लागि जनतासँग टुटेको सम्बन्ध सुधार्न पनि उनले आग्रह गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्