काङ्ग्रेस पदाधिकारी बैठक आज बस्दै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काङ्ग्रेस पदाधिकारी बैठक आज बस्दै

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काङ्ग्रेसले यसबारेमा पनि छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले बताए । काङ्ग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको अवस्थामा कोरोनाको प्रकोप भित्रिएको थियो । त्यसपछि भने काङ्ग्रेसले पार्टीका सबै गतिविधिलाई स्थगित गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्