गण्डकीमा थपिए ३४ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ८ सय ८८ पुग्यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

गण्डकीमा थपिए ३४ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ८ सय ८८ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असार १४, कास्की ।
गण्डकी प्रदेशमा थप ३४ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङका २७ जना, तनहुँका ६ र पर्वतका १ जना गरी ३४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय ८८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएकी छिन् ।
पोखरामामै गरिएको परीक्षणमा कर्णाली प्रदेशका थप एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । गण्डकीमा अहिलेसम्म १ सय २१ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्