जर्मन बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखलाई – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जर्मन बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखलाई

    मा प्रकाशित

कनिका खबर

असार १४, दाङ ।

बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा च्याम्पियन फराकिलो जितसँगै सिजनको अन्त्य गरेको छ । सिजनको अन्तिम खेलमा हिजो बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४–० गोल अन्तरले पराजित गरेको हो । दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा कोम्यानको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ३७ औं मिनेटमा माइकलले गोल गर्दा पहिलो हाफमा बायर्न २–० ले अघि रह्यो । खेलको ७१ औं मिनेटमा जोसुवाले रातो कार्ड खादै मैदानबाट बाहिरिदा घरेलु टिम १० खेलाडीमा समेटियो । माइकललाई पेनाल्टी क्षेत्रमा लडाएपछि उहाँलाई रेफ्रीले रातो कार्ड र बायर्नलाई पेनाल्टीको मौका दिएका थिए । उक्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाउनुभयो । उनको यो लिगमा सिजनको ३४ औं गोल समेत हो । उनी यस सिजनको लिगमा सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्