नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन

    मा प्रकाशित

दाङ, ७ पुस ।

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो । 

प्रमुख सचेतकमा हितराज पाण्डेलाई निर्विरोध चयन गरिएको छ। त्यसैगरी, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्बासे रहेका छन् छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्