सकारले नेपालमा फैलिएको सलह किराको गतिविधिको विषयमा निगरानी गर्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

सकारले नेपालमा फैलिएको सलह किराको गतिविधिको विषयमा निगरानी गर्ने

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
सरकारले नेपालमा फैलिएको सलह किराको गतिविधिको विषयमा निगरानी गर्ने भएको छ । कृषि तथा पशुपञ्छी मन्त्रालयमा आज बसेको मन्त्रीसहितको बैठकमा संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीसँग यो विषयमा समन्वय गर्ने निस्कर्ष निकालिएको हो ।
मन्त्रालयमा विज्ञसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले सलहको बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीसँग समन्वय गरेर उनीहरुमाथि निगरानी राख्ने बताए । बैठकमा विज्ञले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो क्रियाकलाप हुने देखिएको जानकारी गराएका थिए । हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपु¥याएको भन्दै किसानलाई नआत्तिन विज्ञले बताएका छन् । विज्ञसँगको छलफलपछि मन्त्री भुसालले सलह किरा कुन–कुन स्थानमा देखिएको छ भनेर किसानहरुबाट जानकारी लिन हटलाइनको व्यवस्था गर्ने बताए । एउटा टेलिफोन नम्बर मन्त्रालयले व्यवस्था गर्ने र त्यसमा फोन गरेर किसानले सलह किराबारे जानकारी दिन सक्ने मन्त्री भुसालको भनाइ छ ।
छलफलमा सरोकारवाला निकायका अधिकारी र विज्ञले सलह रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्