दाङमा पनि भित्रियो सलह – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा पनि भित्रियो सलह

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।

नेपालमा देशव्यापी रुपमा फैलिरहेको सलह आज आइतबार दाङमा पनि देखिएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ केही सलह देखिएको स्थानीयवासीले जनाएका छन् ।
त्यसैगरी दाङको तुलसीपुर ४ खाद्रेमा सलह किरा भेटिएको छ । जनश्रम माध्यामिक बिद्यालय वरपर सलह भेटिएको वडा अध्यक्ष बालकृष्ण रानाले बताएका छन् । आज विहान विद्यालयको वरपर सलह किरा देखा परेपछि सम्वन्धित कार्यालयलाई वडा अध्यक्ष रानाले खबर गरेका थिए । सुचना पाएपछि कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख र कृषि शाखा कार्यालय तुलसीपुरका प्रमुखले स्थलगत अध्ययन गरेका छन् ।
अध्ययन पश्चात कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले सलह किरा नै भएको जानकारी दिए । त्यस क्षेत्रमा भेटिएको सलहको फोटो खिचेर नेपाल कृषि अनुसन्धान परिषदमा पठाउदा सलह किरा भएको पुष्टि भएको उनले बताए । उनका अनुसार ठुलो मात्रामा नभई हुलबाट छुटिएर थोरै मात्रामा आएको हुन सक्ने अनुमान गरिएको छ । थोरै संख्यामा रहेको सलह तत्काल फैलन सक्ने अवस्था नभएको तर सजग हुनुपर्ने प्रमुख धितालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्