अफगानिस्तानमा आफ्ना सैनिक मार्न तालिवान लडाकुलाई प्रयोग गरेको अमेरिकाको दावी – Kanika Khabar
Friday, April 26Nepali News Portal

अफगानिस्तानमा आफ्ना सैनिक मार्न तालिवान लडाकुलाई प्रयोग गरेको अमेरिकाको दावी

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
अमेरिकी जासुसी अधिकारीले अफगानिस्तानमा आफ्ना सैनिक मार्न रूसले तालिवान लडाकुलाई इनाम दिने गरेको आरोप लगाएका छन् । बीबीसीले लेखे अनुसार रूसी सेनाको खुपिया एजेन्सीले अफगानिस्तानमा तैनाथ नाटोसम्वद्ध सैनिकलाई मार्न तालिवान लडाकुलाई गोप्य रूपमा इनाम दिने कार्यक्रम नै चलाएको निष्कर्षमा अमेरिकी अधिकारी पुगेका छन् ।
रूसले तालिवान र अमेरिकाबीच शान्ति वार्ता भइरहेका बेला पनि अमेरिकी सैनिक लक्षित आक्रमण गरे इनाम दिने कुरालाई निरन्तरता दिइरहेको उनीहरूको भनाइ छ । इस्लामिस्ट लडाडु र अन्य हतियारधारी समूहले रूसबाट केही पैसा संकलन गरेको अमेरिकी अधिकारीको भनाइ छ । सन् २०१९ मा अफगानिस्तानमा २० अमेरिकी सैनिकको मृत्यु भएको थियो । यीमध्ये कतिलाई मारेबापत् रूसले इनाम दियो भन्ने खुलेको छैन । रूसी इनामबारे अमेरिकी अधिकारीले बेलायती सरकारसँग पनि छलफल गरेको एक अधिकारीले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्