वातावरणीय सरसफाईका लागि डस्टविन प्रदान – Kanika Khabar
Thursday, November 30Nepali News Portal

वातावरणीय सरसफाईका लागि डस्टविन प्रदान

    मा प्रकाशित

सरद सागर देबकोटा
असार १४, लमही ।

लमही खानेपानीको आयोजना तथा डिभिजन वन कार्यालय देउखुरीको सहयोगमा लमहीमा रहेको बिभिन्न सार्वजनिक सरोकारवाल निकायहरुलाई वातावरणीय गाउँनगर सरसफाई कार्यक्रम अन्र्तगत आज एक कार्यक्रमका बिच फोहर सङ्कलन गर्ने डस्टविन प्रदान गरिएको छ ।
डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिडारीले सार्बजनिक सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिलाई उक्त सामग्री प्रदान गरेका हुन् । कार्यक्रम अन्र्तगत देउखुी बहुमुखी क्याम्पस र आर्दश नमुना माध्यमिक बिधालयलाई तिन तिन थान , सत्यसाई केन्द्र लमहीलाई एक थान ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिलाई दुई थान, लमहीका रेडियो हाईवे, रेडियो देउखुरी र रेडियो नयाँ युग, मनकामना महिला बचत तथा क्रण सहकारी सस्था, बिर भक्तीथापा स्मृति पार्क , लमही नगरपालिका स्तरीय जेष्ठ नागरिक सञ्जाल, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमहीलाई दुई थान र अन्यलाई एक एक थान गरी २१ थान फोहर सङ्कलन गर्ने, प्लाष्टिकको डस्टविन उपलब्ध गराईएको थियो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिडारीले डिभिजन वन कार्यालय देउखुरीले वनसगै जैबिक बिबिधता र बाताबरण सरसफाईको क्षेत्रमा कामम गर्दे आएको बताउनुभयो । उहाले साबजनीक निकाय सग सहकार्य गरेर वन वातावरण र जैविक विविधताको क्षेत्रमा क्रियाशील रहने बताए ।
लमही खानेपानीका अध्यक्ष दन्डीराम चौधरीको अध्यक्षता तथा डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले स्वास्थ्य र सरसफाई मानब जीवनको प्राण भएकोले आफ्नो प्राण जोगाउन सबैले आफ्नो व्यक्तिगत, घरायसी र वातावरणीय क्षेत्रको सरसफाईमा ध्यान दिन जरुरी रहेको बताए । संस्थाका उपाध्यक्ष लिला शाहको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट शुर भएको कार्यक्रममा लमही नगरपालिका स्तरीय जेष्ठ नागरिक सञ्जालका अध्यक्ष जागेश्वर शर्मा घिमिरे, भक्ति थापा स्मृति पार्कका अध्यक्ष निम बहादुर थापा, रेडियो हाईवेका प्रवन्ध निर्देशक केपि घिमिरे लगाएतले बोलेका । कार्यक्रमको सञ्चालन भगवती चौधरीले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्