दुई क्लबको नेतृत्व गरी रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दुई क्लबको नेतृत्व गरी रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुने

    मा प्रकाशित
तस्बिर : एजेन्सी

फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।

खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रोनाल्डोले नयाँ क्लब अल नासर तथा साउदीको अर्को क्लब अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् । कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ ।

अर्जेन्टिनाले कतार विश्व कप जितेपछि १५ दिन बिदा लिएका मेस्सी अघिल्लो हप्ता पीएसजीमा प्रशिक्षणका लागि सहभागी भएका छन् ।  रोनाल्डो हालै साउदी क्लब अल नासरमा अनुबन्ध भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्