खुकुलो लकडाउनलाई साउन ७ गतेसम्म लम्बियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

खुकुलो लकडाउनलाई साउन ७ गतेसम्म लम्बियो

    मा प्रकाशित

कनिका संवाददाता
असार १५, काठमाडौं ।

सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको बैठक पछि एक मन्त्रीले जानकारी दिए ।

यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन्  निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।

उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्