जन्मदिनको अवसरमा रक्तदान – Kanika Khabar
Saturday, April 20Nepali News Portal

जन्मदिनको अवसरमा रक्तदान

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १४, दाङ ।

घोराहीवाट प्रकाशित हुँदै आएको जागरण अनलाइनका प्रकाशक÷ सम्पादक निशानदाजु भट्टराइले आफ्नो जन्म दिनको अवसरमा रक्तदान गरेका छन् । कोरोनाको कारण अहिले रगतको अभाव भइरहेको समयमा पत्रकार भट्टराइले आफ्नो जन्म दिनलाई सिर्जनात्मक तथा रचनात्मक बनाउने उद्देश्यले रक्तदान गरेको बताए ।

जन्मदिनमा फजुल खर्च नगरी समाजमा सकारात्मक शन्देश फैलाउने उदेश्यले आफुले रक्तदान गरेको भट्टराइले बताउनु भयो । जन्मदिनलाई सिर्जनात्मक र रचनात्मकनेपाल पत्रकार महासंंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको उपस्थितिमा भट्टराइ घोराहीको रक्त सञ्चार केन्द्र पुगेर रक्तदान गरेका हुन् । सोही जन्मदिनको अवसर पारेर त्रिसिद्धेश्वरी यातायात प्रालिका कार्य समिति सदस्य यातायात व्यवसायी माधव न्यौपानेले पनि रक्तदान गर्नु गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्