फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोन र उनकी पत्नीले भ्रष्टाचार मुद्दामा दोषी ठहर – Kanika Khabar
Friday, April 19Nepali News Portal

फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोन र उनकी पत्नीले भ्रष्टाचार मुद्दामा दोषी ठहर

    मा प्रकाशित

एजेन्सी 
फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ ।

पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको भनी परेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

फिलोनकी पत्नी पेनेलोपले सार्वजनिक कोषको १० लाख यूरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगसहित पेरिसको एक अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेको थियो ।

यसै प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा अन्य प्रतिद्वन्द्वीभन्दा निकै अब्बल उम्मेदवारी रहेको मानिएका अर्थात् निर्वाचनमा विजयको बलियो सम्भावना बोकेका फिलोनले अभियानबाट पछाडि हटेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्