कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार – Kanika Khabar
Friday, May 1Nepali News Portal

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार

    मा प्रकाशित

कनिका खबर
असार १५, दाङ ।

नेपाली कांग्रेसको आगामी मंगलबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले १६ गते १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।पदाधिकारी बैठकमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको नेता रमेश लेखकले बताए ।

उनले भने,‘ १४ औं महाधिवेशन फागुनका लागि तोकिएकोमा त्यसको कार्यतालिका परिमार्जन गरेर जाने भन्ने विषयमा आज छलफल भयो ।’

कोरोनाका कारण रोकिएको सदस्यता वितरण, नवीकरण लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउदै लैजाने भन्ने विषयमा समेत छलफल भएको नेता लेखकले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्