पाइपलाई बम भनेपछि – Kanika Khabar
Saturday, May 30Nepali News Portal

पाइपलाई बम भनेपछि

    मा प्रकाशित

कनिका संवाददाता
असार १५, काठमाडौं
कोटेश्‍वर महादेवस्थानबाट प्रहरीलाई यहाँ बम जस्तो देखिने वस्तु राखिएको छ, तत्काल आउनुपर्‍यो भन्दै खबर पुग्‍यो ।

त्यसपछि महानगरीय प्रहरी वृत्त बानेश्‍वरको टोली उक्त स्थानमा पुग्यो । वरिपरीको स्थान सिल गरेर प्रहरीले नेपाली सेनालाई खबर गर्यो । केही बेरमै सेनाको बम डिस्पोजल टोली त्यसतर्फ पुग्यो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बम भनेर हल्ला गरिएको र डिफ्युज गरेपछि मात्रै पाइपमा टेपले बाँधेर ठड्याइएको वस्तु भेटिएको बताए । केही बेर बमको हल्ला पछाडि त्यस क्षेत्र वरपर सर्वसाधरणमा त्रास फैलिएको थियो ।

शंकास्पद वस्तु भेटिने बित्तिकै प्रहरीले सेना मार्फत डिफ्युज गराउने गर्छ । कतिपय स्थानहरुमा यस्ता शंकास्पद वस्तु पड्कदा मानिसको ज्यान जाने गरेको र त्यही अनुरुप यसलाई पनि प्रक्रिया पुर्‍याएर डिफ्युज गरिएको एसएसपी ज्ञवालीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्