गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमा स्याङजाका १, तनहुँका ५, तमजुङका ३ र कास्कीका ८ जना छन् ।

नयाँ थपिएका १७ जनासहित कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २१४ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्