एमसीसीको आज सम्झौता कार्यान्वयनको सम्भावना टर्‍यो, म्याद थपको लागि सरकारको गृहकार्य – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

एमसीसीको आज सम्झौता कार्यान्वयनको सम्भावना टर्‍यो, म्याद थपको लागि सरकारको गृहकार्य

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सम्झौता कार्यान्वयनको थालनी हुने म्याद थपको लागि गृहकार्य गरिरहेको छ ।
एमसीसी कार्यान्वयनका लागि पूर्वनिर्धारित मिति आज मङ्गलबारदेखि तय गरिएको थियो । पूर्व निर्धारित योजना अनुसार आजदेखि सम्झौता कार्यान्वयन थालनी हुने रहेको थियो । तर, आजदेखि सम्झौता कार्यान्वयन हुन नसक्ने परिस्थिति देखिएपछि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको विज्ञप्ति जारी गरी म्याद थपको लागि अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको छ ।’ एमसीए नेपाल, एमसीसी सम्झौता कार्यान्वयनका लागि गठन भएको निकाय हो ।
एमसीए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएकोे छ, ‘हालैका दिनमा भने विश्वव्यापी कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा कार्यान्वयन थालनीमा पुनःविचार आवश्यक देखिएको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्