आज संसद दिवस – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

आज संसद दिवस

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
आज संसद दिवस परेको छ । २०१५ सालमा भएको पहिलो निर्वाचनपछि २०१६ साल असार १६ गते जनविनर्वाचित संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।
संसद दिवसको अवसरमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसद दिवसको शुभकामना दिएका छन् ।
प्रतिनिधि सभाका सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले संयुक्त रुपमा शुभकामना जारी गर्दै राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाइ जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् ।
साथै विगतका वर्षहरुमा विविध कार्यक्रम गरी दिवस मनाइँदै आएको भए पनि कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम नगरिने जनाइएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्