दाङमा ८८ जनाका आरडिटी टेस्ट : आइसोलेसनमा १४ र क्वारेन्टाइनमा १३३ जना – Kanika Khabar
Friday, March 28Nepali News Portal

दाङमा ८८ जनाका आरडिटी टेस्ट : आइसोलेसनमा १४ र क्वारेन्टाइनमा १३३ जना

    मा प्रकाशित

कनिका डेस्क

बैशाख १४ दाङ ।

दाङमा अहिलेसम्म ८८ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट परीक्षण गरिएको छ । २ हजारको स्वाब परिक्षण गर्ने लक्ष्य रहेकोमा जिल्लामा अहिलेसम्म ८८ सय जनाको स्वाब परीक्षण भएको छ । परीक्षण गरिएका सबैमा कोरोना सङ्क्रमण देखिएको छैन । कोरोना त्रासको जोखिम सुरु भए यता जिल्लाम भित्रिएका झण्डै दुई हजार नागरिकको स्वाब परीक्षण गर्ने लक्ष्य राखिएको छ । तर अहिलेसम्म ८८ जनाको मात्रै परीक्षण भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । ‘जिल्लाका दुई हजार नागरिकको स्वाब परीक्षण गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने ‘हामीहरु यस्ता अलिक शंकास्पदहरुको खोज अनुसन्धानमा लागेका छौँ ।’ जिल्लाबाट स्वाब परीक्षणका लागि बाहिर पठाउनु पर्ने भएकाले पनि स्वाब परीक्षणको गति सुस्त भएको थियो । तर शुक्रवारदेखि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण सुरु भएपछि अब परीक्षण संख्या बढ्ने छ । प्रतिष्ठानमा अहिले १० जनाको स्वाब परीक्षणमा गएको छ । ‘प्रतिष्ठानको आइसोलेसनमा रहेका ९ जना र एक जना घोराही कारागारबाट पठाएका बिरामीको स्वाब परीक्षणमा गएको छ,’ प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले भनिन् ‘अहिले परीक्षणका लागि गएको स्वाबको रिपोर्ट आईतवार आउने छ ।’ प्रतिष्ठानमा परीक्षण मेसिन जडान भएपछि दाङ लगायत साबिकका राप्तीका जिल्लाका बिरामीहरुको स्वाब परीक्षणमा सहजता आउने छ । यसअघि यहाँका बिरामीहरुको स्वाब परीक्षणका लागि काठमाडौँ, बुटवल पठाउनु पर्ने बाध्यता रहेको थियो ।

अहिले दाङ जिल्लामा १३३ जना क्वारेन्टाइनमा रहेका छन् भने १४ जना आइसोलेसनमा रहेका छन् । १० जनालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र चार जनालाई बेल्झुण्डीस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्