विभिन्न मुलुकमा अलपत्र परेका थप नेपाली आज पनि स्वदेश आउँदै – Kanika Khabar
Thursday, April 18Nepali News Portal

विभिन्न मुलुकमा अलपत्र परेका थप नेपाली आज पनि स्वदेश आउँदै

    मा प्रकाशित

कनिका खबर
असार १६, काठमाडौँ ।
विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार कार्यलाई सरकारले जारी राखेको छ । आज पनि मलेसिया र खाडीका विभिन्न देशबाट ५ सयभन्दा बढीलाई नेपाल ल्याइँदैछ । विदेशबाट नेपाली नागरिक ल्याउने क्रममा आज १२ वटा जहाज आउने तयारी रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । हिजो मात्रै ६ सय ४ जना नेपाली नेपाल ल्याइएको छ ।
नेपाल फर्किएका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जनाइएको छ । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका पनि तयार गरेर स्वीकृतका लागि मन्त्रिपरिषद् पठाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको उक्त निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेकै दिनबाट कार्यान्वयनमा आउने जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्