साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति स¥यो – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति स¥यो

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
यसै वर्षको सेप्टेम्बर ७ देखि बङ्गलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति सरेको छ । प्रतियोगिता आगामी बर्ष सम्मका लागि सरेको छ ।

दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा ढाकाको बङ्गबन्धु रंगशालामा तय गरिएको १३ औं साफ च्याम्पियनसिप कोरोना भाईरस र अक्टोबरमा एएफसीले विश्वकप तथा एसियन कप छनोटका लागि ल्याएको प्रस्तावित मितिका कारण २०२१ मा सारिएको छ । साफको सचिवालयको हिजो बसेको बैठकले साफ च्याम्पियनसिप फुटबल अर्को वर्षका लागि सारेको हो ।

यसका साथै यू १५ साफ, यू १५ महिला साफ र यू १८ महिला साफ च्याम्पियनसिप पनि तत्कालका लागि सरेको छ । यी प्रतियोगिताको मितिका बारेमा आगामी सेप्टेम्बरमा बैठक बसेर निर्णय समाचार आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्