नेकपाको स्थायी कमिटीको बैठक जारी – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपाको स्थायी कमिटीको बैठक जारी

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज चौथो दिन पनि जारी रहेको छ ।
असार १० गतेबाट सुरु भएको बैठक बीचबचमा स्थगित हुँदै अहिले बसिरहेको छ ।
स्थायी कमिटी बैठकका लागि तय भएका एजेन्डाकै विषयमा आजको बैठकमा सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा कोभिड–१९ रोकथामको विषयमा पनि छलफल हुनेछ । बैठकमा उपस्थित स्थायी कमिटी सदस्यले यो एजेण्डा केन्द्रीत छलफलमा सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् ।

कोभिड–१९ रोकथामपछि रहेको अर्को एजेण्डा समग्र सरकारका कामकारवाहीको समीक्षा गर्ने रहेको छ । विगतदेखि नै सरकारका कामकारवाही र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको कार्यशैलीप्रति नेकपाका नेताहरु असन्तुष्ट रहँदै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्