लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण – Kanika Khabar
Monday, May 20Nepali News Portal

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

    मा प्रकाशित

दाङ, माघ २९ ।

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त ७ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
मुख्यमन्त्री लिला गिरीको सिफारिशमा नेकपा (एमाले) का ३ जना, नेकपा माओवादी केन्द्रका २ जना, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ जना गरी ७ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) बाट विष्णुप्रसाद पन्थीले स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण मन्त्री, तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्था मन्त्रीका रुपमा शपथ लिनुभएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महराले अर्थिक मामिला मन्त्री र इन्द्रजित थारुले भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा शपथ लिनुभएको छ ।

त्यस्तै जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिनुभएको छ ।

यसैबीच यसअघि नियुक्त भएका दुई जना मन्त्रीको जिम्मेवारी तोकिएको छ । नेकपा (एमाले) का संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय र माओवादी केन्द्रकी कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्