साम्राज्ञीले भनिन् ‘ममाथि दुर्व्यवहार भयो’ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

साम्राज्ञीले भनिन् ‘ममाथि दुर्व्यवहार भयो’

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
बेलाबेला नेपाली फिल्म क्षेत्रका केही नमिठा कुराहरु बाहिर आउने गरेका छन् । यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह दुव्र्यवहारमा परेको करा बाहिरिएको छ । नायिका शाहले भिडियो मार्फत आफू दुव्र्यवहारमा परेको बताएकी छिन् । आफू करिअरका लागि काम गरेको हुनाले यस्ता कुरालाई वास्ता नगरेको साम्राज्ञीले बताएकी छिन् । तर, आफू अन्यायमा परेको हुनाले आफूले सार्वजनिक गरेको अभिव्यक्ति दिएकी छिन् ।
केही दिनअघि उनले ३ वटा नेपाली फिल्ममा काम गर्दा दुव्यर्वहारमा परेको बताएकी थिइन् ।
त्यसको प्रतिक्रिया दिँदै अभिनेता तथा निर्माता भुवन केसीले एक टिप्पणी गरेका थिए । उक्त टिप्पणीमा भुवनले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भनेका थिए ।

भुवनको यो अभिव्यक्तिपछि साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गर्दै आफूलाई गालामा टाँसिन आएर ‘तँ त मेरो प्रोडक्ट होस्’ भन्दै मिडियामा यस्ता कुरा बाहिर नल्याउन भनेको बताएकी छिन् । नायक भुवन के.सी.प्रति लक्षित गर्दै उनले नायक केसीले आफूमाथि थुप्रै दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् ‘मैले उहाँलाई अङ्कल भन्थेँ तर अङ्कल भनेको मन परेन र अनि दाइ भने ।’

उनले भनेकी छिन्, ‘कति धेरै कुरा जुन मैले सहेर लुकाएर बसिरहेकी थिएँ ।’

‘मलाई जहिले पनि अरु मान्छेहरुले यो कुरा शेयर नगर्न भन्नुभएको थियो, उहाँहरुलाई थाहा छ कि, मलाई नराम्रो भएको थियो,’ साम्राज्ञीले भनेकी छिन् ।

आफ्नो करिअरमा धब्बा लाग्ला, फिल्ममा काम नपाउला भन्दै मेकरले कन्भिन्स गरेको पनि उनले बताएकी छिन् । अघिल्लो भिडियोमा कुनै पनि फिल्ममा दोहोर्‍याएर काम नगर्नुको कारण मेकरको व्यवहार भएको बताएकी थिइन् ।

‘मलाई चित्तै बुझ्दैनथ्यो, तर मैले चुप बसेकी थिएँ, त्यो बेला म मात्र भएको छु, मैले भोगेकी छु, मैले देखेकी छु,’ उनले भनेकी छिन्, ‘मेरो ठाउँमा हुनुहुन्थ्यो भने के थाहा तपाईंहरुले कसरी लिनुहुन्थ्यो । त्यतिबेलै केही गर्नुहुन्थ्यो होला ।’

डेब्यु फिल्म ‘ड्रिम्स’ मा अभिनय गर्दा नराम्रो व्यवहार भोगेको साम्राज्ञीले यसअघि खबरहबसँगको कुराकानीमा पनि खुलासा गरेकी थिइन् ।

‘म त्यतिबेला बच्चा थिएँ । मलाई कसैले सम्झाउने भन्ने थिएन,’ साम्राज्ञीले भनिन् ।

उनले आफूलाई मन परेको कथामा लगनशीलताका साथ राम्ररी काम गरेको पनि दाबी गरिन् । भुवनले साम्राज्ञीको अभिनयलाई लिएर पनि प्रश्न गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्