राष्ट्रपतिको चुनावमा काङ्ग्रेसले ढोक्सा थाप्छ : नेता पौडेल – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

राष्ट्रपतिको चुनावमा काङ्ग्रेसले ढोक्सा थाप्छ : नेता पौडेल

    मा प्रकाशित

काठमाडौँ, ३ फागुन ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपतिको चुनावमा काङ्ग्रेसले ढोक्सा थाप्ने बताएका छन् । नेता पोडेलले संवैधानिक मर्यादाको रक्षा गर्न र देशको अभिभावक राष्ट्रपति हो भन्ने स्थापित गर्न कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन्।

‘यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ। आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ। आवश्यकता पर्‍यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ। त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं,’ नेता पौडेलले भने।

उनले संवैधानिक मर्यादाको रक्षा गर्न, देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्न र संविधानका सम्पूर्ण मान्यतामा दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको बताए।

‘हामी स्थिरताका पक्षमा छौं। गठबन्धन भत्काउन प्रयास गरेका होइनौं। सुदूरपश्चिममा गठबन्धन भत्कियो, के कांग्रेसको कारण गठबन्धन भत्किएको हो ?,’ उनले भने, ‘अहिलेको गठबन्धन जगदैदेखि हल्लिएर भत्किएको हो, यसमा नेतृत्व गम्भीर भएन।’

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्