नागरिकता बिधेयक विभेदकारी छ :जसपा – Kanika Khabar
Friday, March 29Nepali News Portal

नागरिकता बिधेयक विभेदकारी छ :जसपा

    मा प्रकाशित

कनिका खबर
असार १६, काठमाडौँ ।
संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी जसपाले विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ सहितका नेता कार्यकर्ता सहभागी भएका थिए ।
संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी आबासीय अनुमति पत्र दिने र सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक संसदमा पठाएको छ । यो व्यवस्था विभेदकारी भएको भन्दै जसपाले विरोध गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्