विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट नियमावली पारित – Kanika Khabar
Saturday, June 13Nepali News Portal

विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट नियमावली पारित

    मा प्रकाशित

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाबाट नियमावली पारित भएको छ । आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेको हो ।

विपक्षी दलका सांसदहरूले वेल घेराउ गरिरहेका बेला सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावलीलाई पारित गराएका हुन् । सभामुख अर्यालले ठूलो संख्यामा मर्यादापालक परिचालन गरेर नियमावली पारित गराएका छन् । नियमावलीमाथि सांसदले पेस गरेका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षी सांसदहरु घेराउमा उत्रिएपछि सभामुखलाई मर्यादापालकले घेरेर राखेका थिए ।

विपक्षी दलका सांसदहरूले सभामुख निष्पक्ष नभएको भन्दै नाराबाजी गर्दै निष्पक्षता कायम गर्न माग गरेका थिए । विपक्षी दलहरुले नियमावलीमा प्रतिनिधि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागु हुने भने विषय राखिएकोप्रति विरोध गर्दै आएका छन् ।

अब पारित नियमावलीको व्यवस्था अनुसार प्रतिनिधिसभाका कामकारबाही संचालन हुने गर्दछन् । यसअघि २०७९ कै नियमावली अनुसार बैठक संचालन हुदै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्