घाईते वडाअध्यक्ष डाँगीलाई उपचारका लागि काठमाडौ लगियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घाईते वडाअध्यक्ष डाँगीलाई उपचारका लागि काठमाडौ लगियो

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
पश्चिम दाङको शान्तीनगर गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष फर्साराम डाँगीको थप उपचारका लागि हेलिकप्टर मार्फत् काठमाडौ लगिएको छ ।
शान्तिनगर गाउँपालिका वडा नं। २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै आक्रमण भएको छ । आक्रमण गर्ने समूहका बारेमा जानकारी हुन नसकेको भए तापनि नेकपा बिप्लव समूहले बिज्ञप्तीमार्फत आक्रमणको जिम्मा लिएको छ । घटना भएको स्थलमा विप्लव समुहको एक विज्ञप्ती फेला परेको प्रहरीले जनाएको छ । विज्ञप्तीमा वडा अध्यक्ष माथी विभिन्न आरोप लगाउँदै जनकारवाही गरिएको उल्लेख छ । आक्रमण गर्ने समूहको खोजी तिव्र पारिएको प्रहरीले बताएको छ ।
वडाध्यक्ष फर्साराम डाँगीसँग विगत केही दिन यता विप्लवका कार्यकर्ताले फोन मार्फत चन्दा माग्दै आएका बताइन्छ । त्यो कुरा उनले शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीलाई पनि जानकारी गराएका थिए । ‘चन्दा नदि।ण्एपछि वडाध्यक्षमाथि यसरी आक्रमण भएको देखिन्छ,’ गाउँपालिकाका अध्यक्ष डाँगीले भने ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घाइते वडाध्यक्ष डाँगीलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको जानकारी दिएका छन् ।
वडाध्यक्षमाथि विहान सवा ११ बजेतिर कार्य कक्षमै १०÷११ जनाको संख्यामा आएका अज्ञात समुहले रड र लाठी प्रहार गरेका थिए ।
आक्रमणवाट वडाध्यक्षको टाउको, हात खुट्टा र शरिरका विभिन्न भागमा चोट पटक लागेको छ । डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्