आज राष्ट्रपतिका लागि मनोनयन दर्ता हुने – Kanika Khabar
Thursday, May 2Nepali News Portal

आज राष्ट्रपतिका लागि मनोनयन दर्ता हुने

    मा प्रकाशित

दाङ, १३ फागुन ।
आज राष्ट्रपतिका लागि मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ ।

शुक्रबार साँझ आठ दल बिच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भए पनि उम्मेदवार भने अझै चयन भएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन कायम गरे पछि राजनीतिक परिस्थिति बदलिएपछि नेकपा एमालेले भने राष्ट्रपति निर्वाचनमा के गर्छ रु भन्ने अझै अन्यौल कायम छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्