सगरमाथामा आँखा शिविर – Kanika Khabar
Sunday, May 19Nepali News Portal

सगरमाथामा आँखा शिविर

    मा प्रकाशित

दाङ, १३ फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा रहेको सगरमाथा बालबाटिका इङ्लिस स्कुलले हिजो शुक्रबार विद्यालयमा आँखा शिविर सञ्चालन गरेको छ । शिविरमा विद्यार्थीका आँखा जाँच गरिएको हो ।
राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा २८० भन्दा बढी विद्यार्थीहरूको आँखा जाँच भएको विद्यालयले जनाएको छ ।

No description available.

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा नेत्र सहायक बालिका सेरपाइलीले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यालयले आयोजना गरेको आँखा जाँच कार्य एकदमै सह्रानीय भएको बताइन् । उनले आँखा कम्जोर हुनबाट बचाउनको लागि विद्यार्थीहरूलाई खानपिनमा ख्याल गर्न आग्रह गर्दै प्रसस्त मात्रामा सागपात, गेडागुडी, फलफूल र भिटामिन ‘सि’ प्राप्त हुने खाने कुराहरू खान समेत आग्रह गरिन् । यस्तै कार्यक्रममा बोल्दै अर्का अतिथि पत्रकार गोपाल शर्मा भट्टराईले विद्यालयमा नयाँ नेतृत्व पश्चात विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको भन्दै जसले गर्दा विद्यार्थीहरूको व्यक्तित्व, नेतृत्व विकास र स्वास्थ्यमा उल्लेखनीय टेवा पुग्ने बताए । उनले विद्यालयले पढाइलाई मात्र नभएर विभिन्न गतिविधिहरूलाई प्राथमिकतामा राखेको विभिन्न सामाजिक सञ्जालमा देख्दा धेरै खुशी लागेको पनि बताए ।

त्यस्तै विद्यालयले पढाइलाई मात्र नभइ विद्यार्थीहरूलाई अन्य कुराहरूमा पनि अब्बल बनाउनको लागि विभिन्न गतिविधिहरू गर्दै आएको विद्यालयका प्रअ वलीले बताए । उनले भने,‘ हामीले पढाइलाई मात्र ध्यान दिएका छैनौँ । विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापहरू पनि गराउँदै आएका छौँ । जसले गर्दा उनीहरूलाई शारीरिक तथा मानसिक रुपमा मात्र नभइ समाजमा पृथक र अब्बल गराउन महत्वपूर्ण भूमिका हुने छ । ’ यस्तै आजको आँखा जाँच कार्यक्रमले विद्यार्थीहरूमाझ आँखामा भएको समस्या थाहा हुने भएकाले पनि गरिएको बताए । उनले कार्यक्रममा दृष्टिदोष देखिएका ७ जना विद्यार्थीहरूलाई निःशुल्क चस्मा उपलब्ध गराउने पनि बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्