पर्वतमा पनि सलहको उडान, बाली जोगाउने चिन्ता – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

पर्वतमा पनि सलहको उडान, बाली जोगाउने चिन्ता

    मा प्रकाशित

कनिका संवाददाता
असार १६, पर्वत
पर्वतमा पनि सलह किरा भित्रिएको छ । खेतवारीमा पसेको सलहले बालीनाली नष्ट गर्न थालेपछि कृषकहरुले नियन्त्रण गर्न घरेलु उपाय अपनाएका छन् । किसानहरुले बाली जोगाउने अरु उपाय नभएपछि थाल ठटाउने, धुवाँ पुत्ताउने, बाजा बजाउने लगायतका उपाय अपनाएका हुन् । पाल्पा र स्याङजा तिरको आकाश बाट पर्वतको महाशिला हुँदै सलह किरा जिल्लाभरि फैलिएको छ ।

कुश्मा नगरपालिका, फलेवास नगरपालिका, बिहादी र मोदी गाउँपालिका संगै छिमेकी जिल्ला बागलुङमा पनि बालीनालीमा सलह पसेको छ । स्थानीय तहले बालीनाली जोगाउन र किसानलाई हौसला दिन विभिन्न कार्यक्रम बनाउन थालेका छन् । महाशिला गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष जीवन उचै ठकुरीले किसानलाई घरेलु विधि अपनाउन सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामीले किसानको खेतमा पुगेर के के गर्ने भनेर सम्झाईसकेका छौँ ।

थाल ठटाउने, टिन बजाउने, बाजा बजाउने जस्ता विधि अपनाउन भनेका छौँ ।’ गाउँपालिकाकाले सलह नियन्त्रण गर्न के के गर्ने भन्नेबारेमा छलफल गरिरहेको ठकुरीले बताउनुभयो । पर्वत सहितका जिल्लामा भित्रिएकोमा किसानहरु चिन्तामा छन् । ७१ वर्षिय लोकनाथ आचार्यले कोरोनाको कहरका बिच उत्पादन गरेको बालीनाली सलहले सखाप पार्ने चिन्ता रहेको सुनाउनुहुन्छ । उहाँहरुले किसानहरु विभिन्न प्राकृतिक प्रकोप, जंगली जनावर र किराको आक्रमण बाट माथी उठ्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । अहिले सलहले किसानलाई अर्को चोट दिएको फलेवास ३ शंकरपोखरीका ३७ वर्षिय शिव अधिकारीले गुनासो गर्नुभएको छ ।

विभिन्न जिल्लाका स्थानीय सरकारले सलह किरा मारेर ल्याउनेलाई पुरस्कारको घोषणा गरेपनि पर्वतमा कुनै पनि स्थानीय तहले त्यस्तो पुरस्कारको घोषणा गरेका छैनन । तर, कृषि ज्ञान केन्द्रले सलहबाट जोगिने उपायको बारेमा किसानलाई जानकारी सम्झाईबुझाई गर्दै आएको छ । कार्यालय प्रमुख बासुदेव रेग्मीले विषादी छर्किँदा पनि नियन्त्रण गर्न सकिने भएपनि वर्षा भैरहेकाले त्यो उपाय संभव नरहेको रेग्मीले बताउनुभयो । पर्वतमा सलहले बालीनालीमा पु¥याएको क्षतीको यकिन भैसकेको छैन ।

सलहबाट बाली जोगाउन किसानहरु खेतबारीमै रुँगेर बसिरहेका छन् । बारीमा आएको किरा धपाउन उनीहरुले घरेलु विधी अपनाएको सुनाउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्