नागरिकता विधेकको विषयमा धादिङमा विरोध  – Kanika Khabar
Saturday, September 30Nepali News Portal

नागरिकता विधेकको विषयमा धादिङमा विरोध 

    मा प्रकाशित

कनिका संवाददाता
असार १६, धादिङ
राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐन संशोधन प्रस्ताव भेदभाव उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय महासन्धी विरोधी भएको भन्दै जनता समाजवादी पार्टी धादिङले आज प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

समानताको नारा दिएर नथाक्नेहरुको झन्डै दुईतिहाइको नजिकको शक्तिशाली सरकार भएको बेला विभेद सहितको नागरिकता विधेक ल्याएको भन्दै जनता समाजवादी पार्टी धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका र नेपालमै स्थायी रुपमा बसोवास गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारबाही चलाएको प्रमाणको आधारमा वैवाहिक अंगीकृत नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने, नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी नागरिकलाई अंगीकृत नागरिकता प्रदान गर्ने सम्बन्धमा हाल रहेको लैङ्गिक विभेद अन्त्य गरी पूर्ण समानता कायम गर्नु पर्ने, गोर्खा भर्ती मार्फत् विदेशी सेनामा कार्यरत नेपालीहरूका सन्तानलाई गैह्र नागरिक बनाई राख्ने प्रावधान खारेज गर्नु पर्ने लगायतका ४ बुँदे माग जनता समाजवादी पार्टी धादिङले राखेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्