लगडाउन बैशाख २५ सम्म – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

लगडाउन बैशाख २५ सम्म

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख १४, काठमाडौँ ।

सरकारले बन्दाबन्दीलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समीतिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो ।

मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले हिजो शनिबार एक हप्ता लकडाउन बढाउन सिफारिस गरेको थियो । यसअघि शनिबार बिहान बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्यव समितिको बैठकले लकडाउनको मोडालिटीबारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्