फोटोसहितको मतदाता परिचयपत्रका लागि अव अनलाईनबाटै आवेदन – Kanika Khabar
Monday, May 20Nepali News Portal

फोटोसहितको मतदाता परिचयपत्रका लागि अव अनलाईनबाटै आवेदन

    मा प्रकाशित

घोराही, १७ फागुन ।

फोटोसहितको मतदाता परिचयपत्रका लागि अनलाईनबाटै आवेदन दिने व्यवस्था लागु भएको छ ।

निर्वाचन आयोगले मतदाताको सुविधाका लागि भौतिक उपस्थिती बिना आयोगको वेवसाईटबाट मतदाता परिचय पत्रको आवेदन दिन सक्ने व्यवस्था लागु गरेको छ । प्रदेश निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको मतदाता नामावली अध्यावधिक दावी विरोधसमेतको अन्तरक्रियामा गत माघ १२ गतेबाट लागु गरिएको अनलाईन आवेदनको व्यवस्थाका बारेमा धेरैले जानकारी नपाउँदा अहिले पनि ईन्टरनेटको सहज पुहँचमा भएकाहरु पनि कार्यालयमा धाउने गरेको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिएका छन् । उनका अनुसार अनलाईनबाटै आवेदन भरेर आफुले तोकेको स्थानबाट मतदाता परिचय पत्र लिन सकिने व्यवस्था पनि रहेको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा गरिएको अन्तरक्रियामा शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले जिल्लामा ठुलो संख्यामा मृत्यु भईसकेका व्यक्तिहरुको अभिलेख यथावत रहेकाले विवरण अध्यावधिक गर्न आवश्यक भएको हुँदा यसको सहजीकरणका लागि सरोकार निकायको ध्यानाकर्षण गराएका थिए ।

उनले वडा कार्यालयहरुबाट मृत्यु दर्ताको विवरण अध्यावधिक गरी निर्वाचन कार्यालयमा पठाई दिएमा मतदाता नामावलीबाट अभिलेख हटाउन सहज हुने हुँदा यसका लागि पालिकाका प्रमुखहरुले भूमिका बढाउन अपिल गरेका थिए । अभिलेख कायम भई मतदाताको संख्या धेरै देखिने हुँदा सोही आधारमा निर्वाचनको तयारी गर्दा आर्थिक, प्रशासनिक तथा व्यवस्थापकीय कामले भार थपिएको हुँदा यस विषयमा सबैको ध्यान जान आवश्यक रहेकोमा जोड दिएका छन् ।

त्यसैगरी बसाईसराई आएका दोहोरो मतदाता परिचयपत्र भएकालगायत समस्या भएकाहरुले पनि वडा कार्यालयको सिफारिससहित कार्यालयमा दावी गर्न आग्रह गरेका छन् । दाङमा माघ मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको संख्या ४ लाख २० हजार ९ सय ६८ रहेको छ । त्यसैगरी आगामी बैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुरा हुने मतदाताहरुको कुल संख्या ४ लाख १५ हजार ६ सय ४५ पुग्ने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । यसअघि मंसिरमा सम्पन्न आम निर्वाचनमा ४ लाख १४ हजार ९ सय मतदाताले मतदान गर्न योग्य ठहरिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्