फोहोर नपाउँदा ग्यास उत्पादनमा समस्या – Kanika Khabar
Thursday, May 2Nepali News Portal

फोहोर नपाउँदा ग्यास उत्पादनमा समस्या

    मा प्रकाशित

दाङ, १९ फागुन ।
जिल्लामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरिए पनि आवश्यक मात्रामा फोहोर पाउन नसक्दा ग्यास उत्पादनमा समस्या भएको छ । ग्यास प्लान्टलाई दैनिक २० टन फोहोर आवश्यक पर्ने भए पनि अहिले आधा टन मात्र फोहोर उपलब्ध छ । जसले गर्दा पर्याप्त मात्रामा ग्यास उत्पादन गर्न नसकेको नेपाल उर्जा विकास कम्पनी प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए ।

फोहोर नपाउँदा ग्यास कम उत्पादन भएपछि अहिले गरुवागाउँका ३४ घरमा मात्र ग्यास वितरण रिएको छ भने अन्य स्थानमा ग्यास वितरणको लागि पाइप विस्तार गर्न थालिएको उनले बताए । ‘हामीलाई कम्तिमा पनि १४ टन फोहोर आवश्यक पर्छ तर हामीले फोहोर पाउनसकेका छैनौँ’, उनले भने, ‘फोहोरका लागि छलफल तथा समन्वयको काम भइराखेको छ ।’ जिल्लाका अन्य पालिकाहरूसँग पनि फोहोरका लागि छलफल भइराखेकोे प्लान्ट म्यानेजर श्रेष्ठ बताउँछन् । अहिले दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्यास उत्पादन हुने गरेको उनले बताए ।

सुरुका दिनमा जिल्लाका विभिन्न स्थानमा पुगेर कुखुराको मल, गाईभैँसीको मल ल्याएर राखेकाले केही धेरै ग्यास उत्पादन भएको थियो । फोहोर पर्याप्त मात्रामा उपल्बध भएमा ७ सय ५० घरमा ग्यास पुग्ने उनले बताए । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको हो ।

त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ मा भएको थियो । नगरपालिकाले जग्गा मात्र उपलब्ध गराएको कम्पनीले जनाएको छ । नगरपालिकाले संरचना निर्माणका लागि करिब ३ बिगाह जग्गा उपलब्ध गराएको छ । ग्यास प्लान्ट २ हजार घनमिटरको रहेकोे कम्पनीको भनाइ छ । ग्यास उत्पादन गर्नका लागि पहिले करिब २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत् घरघरसम्म ग्यास पु¥याउनु पर्ने भएपछि करिब २२ करोड बढी खर्च हुने बताइएको छ ।

अहिले सबै स्थानमा पाइप विस्तार भइसकेको छैन । उत्पादन भएको ग्यास पाइप लाइनमार्फत् घर–घरमा पु¥याउने योजना रहेको छ । त्यसका लागि आवश्यक पर्ने पाइप भारतबाट आउन नसक्दा केही ढिला भएको थियो । पहिलो चरणमा ७ सय ५० घरघुरीमा पु¥याउने भनेर सर्भे गरिएको छ । थप पछि विस्तार गरिने समेत योजना छ । फोहोरबाट ग्याससँगै कम्पोष्ट मल उत्पादन गरिने उनले बताए ।

कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई नाफाको ५ प्रतिशत रकम दिने सहमति भएको छ । यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नसकेमा नगरपालिकाको आम्दानीको स्रोत हुनेछ । ग्याससँगै कम्पोष्ट मल समेत उत्पादन गरिने भएपछि फोहोर व्यवस्थापनमा समेत सहज हुने उपमहानगरपालिकाको अपेक्षा छ । जिल्लामै फोहोरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्यमा पनि कमी हुने नागरिकले अपेक्षा गरेका छन् ।

जिल्लामा फोहोरबाट ग्यास उत्पादन गर्न लागिएको यो पहिलो हो । जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाबाट आउने गरेका छन् । फोहोरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा लिएको नगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले अहिले गल्ने र नगल्ने फोहोर छुट्टाछुट्टै उठाउने समेत गरेको छ । उपमहानगरपालिकाले नगल्ने फोहोर समेत नागरिकबाट खरिद गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्