पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ७३ हजार ४ सय २५ जना संक्रमित थपिए – Kanika Khabar
Sunday, September 8Nepali News Portal

पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ७३ हजार ४ सय २५ जना संक्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
असार १७, दाङ ।
पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् ।
कोरोना भाइरसबाट विश्वमा १ करोड ५ लाखभन्दा बढी संक्रमित भएका छन् । आज बुधबार बिहानसम्म ५ लाख १३ हजार १ सय ७२ जनाले कोरोना भाइरसको संक्रमणपछि ज्यान गुमाएका छन् ।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा देखिएका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकामा २७ लाख २७ हजार ३ सय १६ मा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् भने ७ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म अमेरिकामा कोरोनाका कारण १ लाख ३० हजार जनाले ज्यान गुमाएका छन् भने ११ लाख ४१ हजार जना निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने राष्ट्रमा ब्राजिल छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ हजार ९ सय ९७ थपिएसँगै ब्राजिलमा संक्रमितको संख्या १४ लाख पुगेको हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । हालसम्म ५९ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा ७ लाख ९० हजार ४० जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्