कनिका संवाददाता
असार १७ , काठमाडौं ।
बालुवाटारस्थित निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बोलाएका छन् ।
पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श गर्न लागेका छन । बिहान ७ बजेदेखि नै बालुवाटारमा परामर्शका लागि मन्त्रीहरु भेला भएका छन् ।
स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् ।
यस अघि उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्शसमेत गरेका थिए ।