कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३० पुग्यो – Kanika Khabar
Sunday, October 25Nepali News Portal

कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३० पुग्यो

    मा प्रकाशित

कनिका डेस्क
असार १७, दाङ
कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका ५ का ४५ बर्षका पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेण्टाइनमा बसिरहेका थिए । असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो । आकस्मिक कक्षमा उपचारको क्रममा आइतबार दिउँसो २ बजे उनको मृत्यु भएको थियो ।

कोरोना पुष्टि भने गएराती मात्रै भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या ३० पुगेको छ । सुदूरपश्चिममा मात्रै कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्