नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्दै, ओली रक्षात्मक – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्दै, ओली रक्षात्मक

    मा प्रकाशित

कनिका संवाददाता
असार १७, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । आजको बैठकमा हिजो बोल्न बाँकी सदस्यहरूले भनाइ राख्नेछन् । हिजोको बैठकमा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

तीन दिनअघि आफ्नो सरकार ढाल्न भारतीय राज्य संयन्त्रसहित आफ्नै पार्टीका नेताहरू पनि लागि परेको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिनुभएको थियो । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो ? भन्दै प्रश्न गर्नुभएको छ । हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल समुहका नेताहरुले बोल्नु भएको थियो । आज अध्यक्ष तथा प्रधानमन्त्री ओली समुहका नेताहरुले पनि भनाइ राख्नुहुनेछ ।

प्रधानमन्त्रीले ओलीले पनि उठेका विषयको जवाफ दिनुहुनेछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्