काङ्ग्रेस संसद छन्त्यालकाे निधन – Kanika Khabar
Friday, February 14Nepali News Portal

काङ्ग्रेस संसद छन्त्यालकाे निधन

    मा प्रकाशित

कनिका खबर
असार १७, दाङ ।
प्रतिनिधिसभा सदस्य एवम् तत्कालीन संविधानसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो । केही दिन अघि मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो ।

उनी अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली काङ्ग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।
सांसद छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठक समेत स्थगित गर्ने तयारी भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्