कनिका संवाददाता
असार १७, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक स्थगित भएको छ । पाँच जना समिति सदस्यले बोलेपछि बैठक स्थगित भएको हो । आजको बैठकमा लिलामणी पोखरेल, मातृका यादव, योगेश भट्टराई, नन्द प्रसाईं र पेशल खतिवडाले धारणा राख्नुभएको थियो ।
कांग्रेस सांसद ज्ञानकुमारी छन्तयालको निधन भएकोमा संसदमा शोक प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको र त्यसैमा सहभागी हुन स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो । नेकपाको स्थायी कमिटि बैठक भोलि फेरि बस्ने छ ।