कनिका संवाददाता
असार १७, काठमाडौं ।
काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार सम्मका लागि स्थगित भएको छ । पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो । भोलि काँग्रेसले पार्टीको केन्द्रीय कार्यालयसमेत बन्द गर्ने भएको छ । कांग्रेसले पर्सि शुक्रबार पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम पनि नगर्ने भएको छ । हिजोबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयक लगायतका विषयमा छलफल भइरहेको छ ।
२०७४ सालमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको हो । मुटुको रोगी सांसद छन्त्यालको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
मा प्रकाशित