पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ – Kanika Khabar
Saturday, November 15Nepali News Portal

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

    मा प्रकाशित

कनिका सम्वाददाता
असार १७, भक्तपुर
पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका एक लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

प्रहरीले कालीकोट स्थायी घरभएका शाहीलाई ठिमीबाट पक्राउ गरेको बताउँदै उहाँले जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । बम विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि नै अभिषेक भन्ने टेकबहादुर विक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी, देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो । जसमा जिल्ला अदालत भक्तपुरले चैत ३० गते देवीबहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र अन्य तीन जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरी थप अनुसन्धान एवं कारबाही अगाडि बढाएको गिरीले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्