गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार १४ पुग्यो – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार १४ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, कास्की
गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको पीसीआर परीक्षणमा बाग्लुङमा १ जना, स्याङजामा २ जना, तनहँुमा ३ जना र पर्वतमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । गण्डकीमा अहिले सम्म २ सय ८७ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्