मुगुमा सांसद कोषको रकमबाट पीसीआर मेसिन ल्याईने – Kanika Khabar
Friday, April 19Nepali News Portal

मुगुमा सांसद कोषको रकमबाट पीसीआर मेसिन ल्याईने

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, मुगु
चालु आर्थिक बर्षका लागि विनियोजन भएर खर्च हुन नसकेको रकमबाट जिल्लामा पीसीआर मेसिन खरिद गरिने भएको छ । संघीय सांसद स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका चार वटै स्थानीय तहहरूमा यो आर्थिक वर्षमा विनियोजन भएर खर्च हुन नसकेको रकमबाट जिल्लामा कोरोना परीक्षणका लागि मेसिन खरिद गर्ने निर्णय भएको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधी २०७६ को तेस्रो संशोधन नियमावलीमा भएको संशोधन बमोजिम जिल्लामा रहेका पालिकाहरुरूले बचत हुन आएको रकम चालु आवको असार १५ सम्म सम्वन्धित पालिको कोडिभ १९ को व्यवस्थापनका लागि खोलिएको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्न र सो रकम कोभिड १९ रोकथाम, नियन्त्रण, निदान र उपचारमा मात्र खर्च गर्नु भन्ने २०७७ असार ३ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार पत्राचार भइ आएकाले मेसिन खरिद गर्न लागिएको हो ।

मुगु जिल्लाबाट संघीय संसदका लागि निर्वाचित सांसद गोपाल बहादुर बमको संयोजकत्वमा आईतबार बसेको बैठकले स्थानीय तहहरूमा बचेको रकमबाट कोरोना परिक्षण मेसिन, एम्वुलेन्स, भिटिएम किट, व्यवस्थापन खर्च व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी भिम सेजुवालले बताउनुभयो । चार वटा स्थानीय तहमा १ करोड ८४ लाख ७२ हजार २०० रकम खर्च हुन नसकि बचत भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्