घोरदौरालाई पर्यापर्यटनसँग जोड्दै, ‘हेवन अफ हिल्स’ (फोटो फिचर) – Kanika Khabar
Monday, May 20Nepali News Portal

घोरदौरालाई पर्यापर्यटनसँग जोड्दै, ‘हेवन अफ हिल्स’ (फोटो फिचर)

    मा प्रकाशित

No description available.कनिका डेस्क
दाङ, १८ चैत्र ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा अवस्थित घोरदौरा पर्यटकीय क्षेत्र हो । जिल्लाको सदरमुकाम घोराहीदेखि केहीबेरको यात्रामा पुग्न सकिने घोरादौरा प्राकृतिक मनोरम दृश्यले सजिएको ‘कोट’ हो । घोराही बजार र दाङ उपत्यकाको ठूलो भागलाई उचाईबाट दृश्यावलोकन गर्नका लागि अत्यन्त उपयुक्त गन्तव्य हो घोरदौरा ।

पर्यटकका लागि आकर्षक बन्दै आएको घोरदौरा अब व्यासायिक पर्यटनसँग जोडिएको छ । घोरदौरा व्यावसायिक पर्यटनसँग मात्र जोडिने छैन अब पर्यापर्यटनको ‘हव’ पनि बन्नेछ ।

No description available.

दाङका दुई युवाले घोरदौरालाई पर्यापर्यटनसँग जोड्दै सिङ्गो दाङलाई पर्यटकीय ‘हव’ का रुपमा स्थापित गर्न तम्सिएका छन् । दाङ नारायणपुरका २३ वर्षीय सन्तोष विश्वकर्मा र घोराहीका २५ वर्षीय सञ्जित नेपाली यतिबेला घोरदौरालाई पर्यटकको आकर्षक थलो बनाउन लागिपरेका छन् । घोरादौरालाई व्यावसायिक पर्यटकीय स्थल बनाउन उनीहरु ‘हेवन अफ हिल्स रिसोर्ट’ सञ्चालन गरी पर्यटक भित्र्याउन लागिपरेका छन् ।

No description available.

करिब १ करोडको लगानीमा निर्माण हुन थालेको रिसोर्टको अहिले झण्डै २० प्रतिशत मात्र काम सकिएको सञ्चालक सन्तोष विश्वकर्माले बताए । ‘यस अघि प्राकृतिक मनोरम दृश्यको दृश्यावलोकनका लागि मानिसहरु आउने गरेको, उनीहरु आउने प्राकृतिक दृश्य हेर्ने, फोटो खिच्ने, भिडियो बनाउने गरको पाइन्थ्यो । हामीले यसलाई व्यावसायिक रुपमा लैजाने सोचका साथ यो रिसोर्ट सञ्चालन गर्न थालेका हौँ ।’ सञ्चालक विश्वकर्माले बताए ।

सञ्चालक सञ्जित नेपाली (दायाँ) र सन्तोष विश्वकर्मा (बायाँ)

घोरादौरा सन राइज, सन सेटको भ्यु हेर्न, घोराही बजार तथा एसियाकै ठूलो उपत्यका दाङ भ्यालीको दृश्य दृश्यावलोकन गर्नका लागि उपयुक्त मानिदै आएको छ । तर, सुरक्षा, आवास, खानपानका दृष्टिले त्यति सुविधा सम्पन्न नभएको बेला व्यवस्थित पर्यटकीय गन्तव्य निर्माणको उद्देश्य राखेर रिसोर्ट सञ्चालन गर्न थालिएको छ ।
‘नेपाललाई पर्यटनसँग जोड्न अझ भनौँ दाङलाई पर्यापर्यटनसँग जोड्न हामीले घोरदौरालाई छनौट गरेका हौँ । पर्यावरण र प्राकृतिक सम्पदाले भरिपूर्ण भएको घोरदौरामा दाङको सांस्कृतिक विविधतालाई समेट्न सकियो भने पर्यापर्यटनको हव बनाउन सकिन्छ । जसको सम्भावना मात्र होइन आयाम पनि हो दाङ ।’ अर्का सञ्चालक सञ्जित नेपालीले बताए ।

No description available.

अहिले रिसोर्टमा फोटो सुट फ्रेम, क्याम्पिङ फायर, स्विङ, क्याम्पिङ टेन्ट र अर्डर अनुसारको खानाको व्यवस्थापन गरिएको छ । पारिवारिक वातावरण रहेको रिसोर्टमा सुरक्षालाई भने प्रमुख प्राथमिकता दिइएको छ । स्विङमा पूर्ण सुरक्षा अपनाइएको छ । स्थानीयवासीलाई स्वरोजगार तथा स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकता दिइएको सल्चालकद्वयले बताए । उनीहरुले एकै स्वरमा भने, ‘स्थानीयवासीको आय आर्जन, स्थानीय उत्पादनको प्रयोग हाम्रो पहिलो प्राथमिकता हो । रिसोर्ट अहिले निर्माणको चरणमा रहेको छ । अहिले २० प्रतिशत निर्माण भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्