कनिका खबर
असार १८, दाङ ।
मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गरेको छ । आजको बैठकमा सरकारले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो । आज बेलुका पाँच बजेदेखि वर्षे अधिवेशन स्थगन गर्ने निर्णय बैठकले गरेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ । आगामी सोमबारका लागि बैठक बोलाइएको भए पनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो ।
आजै मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।