२४ घण्टामा थप चार सय ७३ जनामा कोरोना पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

२४ घण्टामा थप चार सय ७३ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
असार १७, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रायलयले आज सार्वजनिक गरेको विवरण अनुसार एक सय नौ महिला र तीन सय ६४ पुरुषसहित चार सय ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको छ । मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा थप ३२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा सबैभन्दा बढी २८ जना, ललितपुरका र भक्तपुरका दुइ–दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालका अनुसार कोरोना सङक्रमण निको भएर अहिलेसम्म पाँच हजार तीन सय २० जना घर फर्किएका छन् । मन्त्रालयले कोरोना सङ्क्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको पनि जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हिजो साँझ मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्