वर्षामा हुनसक्ने क्षतिबाट जोगाउनका लागि भक्तपुरमा तयारी पूरा – Kanika Khabar
Sunday, March 15Nepali News Portal

वर्षामा हुनसक्ने क्षतिबाट जोगाउनका लागि भक्तपुरमा तयारी पूरा

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, भक्तपुर
भक्तपुर जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने क्षतिबाट जोगाउनका लागि तयारी पूरा गरेको छ । समितिले बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको हो ।

कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा नियकाले विगतका वर्षमा झैँ आउनसक्ने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद् व्यवस्थापनको तयारीसमेत पूरा गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समिति संयोजक हुमकला पाण्डेले कोरोना भाइरस सङ््क्रमण रोक्न क्वारेन्टाइन, आइसोलेसनदेखि होल्डिङ सेन्टरसम्मको व्यवस्थापन गर्दै विदेशबाट आएका तीन हजार ५ सय नागरिकलाई विभिन्न जिल्लाको स्थानीय तहसम्म पु¥याउने, शङ्कास्पदको पिसीआर परीक्षण गर्ने, अस्पताल लैजाने, विदेशबाट फर्किएका आमा वा बाबुको पहिचान नभएका बालबालिकालाई एसओएसमा राख्नेजस्ता कार्य गरेको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्