पहिरोका कारण अबरुद्ध जाजरकोट डोल्पा सडक खुलाउदै भेरी नगरपालिका – Kanika Khabar
Sunday, April 27Nepali News Portal

पहिरोका कारण अबरुद्ध जाजरकोट डोल्पा सडक खुलाउदै भेरी नगरपालिका

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, जाजरकोट
जाजरकोटको भेरी नगरपालिकास्थित रिम्ना बजार नजिकै गएको पहिरोले गएराति देखि खलंगा डोल्पा सडक अबरुद्ध भएको छ ।

अबरुद्ध सडक खुलाउने कार्य विहानै देखि जारी रहेको छ । जाजरकोट डोल्पा सडक खण्डमा पर्ने रिम्ना बजार नजिकै एक किलोमिटर माथीबाट आएको ढिस्को सहितको पहिरोले बाटो अवरुद्ध भएपछि रुकुम पश्चिमको आठविसकोट नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका, वारेकोट गाउपालिका र डोल्पा जाने यात्रुका लागि बाटो अबरुद्ध हुदा सास्ती भएको हो ।

बाटो विहानै देखि खुलाउनका लागि नगरको जेसीवीले काम गरिरहेको र साँझसम्म सडक सूचारु हुने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । बर्षायाम लागेसंगै जाजरकोट डोल्पा सडक खण्डका विभिन्न स्थानमा पहिरो गएपछि सडक अबरुद्ध हुदाँ यातायाताका साधन आवत जावतमा कठिनाई हुने गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्